१. ऐतिहासिक पृष्ठभूमि :
यस रामेश्वर मा.वि. २०१६ सालमा साविक बराम्ची गा.वि.स.वडा नं. २ राम्चेका स्व. भवलाल घिमिरे लगायत अन्य दाजुभाईको सहयोगमा स्थापना भई २०१७ साल फागुन महिनामा जि.सि.का.बाट स्विकृत प्राप्त भएबाट यस विद्यालय सञ्चालनमा आईरहेका छ । यस विद्यालय साविक बराम्ची २ राम्चेबाट २०२८ सालमा स्थानान्तरण गरि साविक बराम्ची १ को अस्थाई स्वीकृत प्राप्त अँशुवर्मा प्रा.वि. मर्च गरि स्व.यज्ञराज घिमिरेबाट आफ्नो जग्गा प्रदान गर्नु भई विद्यालयको स्तर उन्नति गर्ने प्रयास गरिएको भएता पनि विविध कारणले सफलता प्राप्त गर्न नसकेपछि एउटै वडामा २ वटा विद्यालय भएको कारणले यस विद्यालयलाई २०४२ सालमा यस स्थानमा स्व.ताम ब. थापाको अगुवाई र साविक बराम्ची १ को नारायण बहादुर खत्री लगाएत अगुवा अभिभावकको सकृयतामा जनश्रमबाट भवन निर्माण गरि यस स्थानमा सञ्चालन भएको पाइन्छ । तत्कालीन आवस्यकताको आधारमा मिति २०६३ मा नि.मा.वि. संचालन गरिएको र नजिक रहेको बिप्लुङ प्रा.वि लाइ यसै विद्यालयमा गाभि विद्यालयलाइ अझै विकसित तुल्याउने उद्देश्यले २०६९, ०७० बाट निजि स्रोतबाट व्यहोर्ने गरि जि.सि.का बाट स्वीकृत प्राप्त गरि माध्यमिक तह सुरुवात गरी हाल कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।
२. भौगोलिक अवस्था ;
सि.पा. जिल्ला जुगल गा.पा. वडा नं. –५, खमारेको ९–९–३–३–० क्षेत्रफलमा अवस्थित यस श्री रामेश्वर मा.वि.अरनिको राजमार्ग अन्तर्गत राजधानीबाट ७३ किलोमिटर पुर्वमा रहेको बलेफी बजारबाट ठिक १३ किलोमिटर उत्तरपुर्व र बलेफी खोला र सिम्ले बजार भन्दा केहि माथी खमारे भन्ने गाउँ नजिकै रहेको छ । समुदाय भन्दा अलि पर र भाङ्गे वनको शीतलताले यस शान्त र सुरम्य अवस्थालाइ झनै रोमाञ्चित बनाएको छ । सि.पा. जिल्लाको सदरमुकामबाट ५ घण्टा पैदल यात्रा पार गरेर आउपुगिने यस विद्यालय कल–कल बग्ने ब्रम्हायणी नदि र जुगल हिमालको काखमा मुस्कुराईरहेको छ ।
३. सामाजिक अवस्था :
यस विद्यालयको सेवा क्षेत्र अन्र्तगतका गाउँ वस्तिहरुमा बसोबास गर्ने प्रमुख जातिहरुमा तामाङ, ब्रम्हाण,क्षेत्रि,नेवार, वि.क.,नेपाली,गुरुङ, मगर,भुजेल र सार्की रहेका छन् । उक्त जातिहरुको आ–आफ्नै संस्कार भाषा र चाड पर्वहरु छन् । मुख्या रुपमा हिन्दु,बौद्ध, ईसाइ धर्म प्रचलनमा रहेको छ । गाविसको उच्च पहाडी भेगमा तामाङ र निम्न पहाडि भेगमा अन्य जातिहरु वसोवास गर्ने गर्दछ । यस विद्यालयको आस पास ब्रहायणी नदि र ढाँडे सामुदायिक वनले अझै यसको सुन्दरतामा निखार ल्याएको छ भने जुगल हिमालको सेतो दन्तलहरले मनलाई गौरववाम्ब्रित पार्ने दृश्वअवलोकन यस विद्यालयको अमुल्य सम्पति हो । बलेफी तेम्बाथान सडक खण्ड र सिम्ले, याङ्लाकोट सडक खण्डले आवत जावत पर्यटकहरुलाई सुगमता थपिदिएको छ ।
सिन्धुपाल्चोक जिल्लालाई २ संघ अन्र्तगत ४ वटा प्रदेशमा विभक्त गरिएको छ भने १– संघको २ प्रदेशमा यो विद्यालय रहेको छ । तथापि प्रचुर सम्भावनाहरु भएको प्राकृृितक स्रोत साधन भएको खोला नाला वन जङ्गले ढाकेको क्षेत्र हुदाहुदै पनि राजधानीको नजिक भएर पनि विकास कछुवाको गतिमा घिस्री रहेको छ । यस क्षेत्रकाे राजनितिक, आर्थिक र सामाजिक शैक्षिक अवस्था मध्यम खालकाे छ भने जडिबुटि, ढुङ्गा, जल र अन्य खानिहरु यसको आय आर्जनको प्रमुख स्रोत हुन सक्ने भएता पनि विकासको अभावले संस्थागत हुन सकेको छैन । यातायातको सुविधा सबै तिर पुगी सकेको भएतापनी यो मौसमी देखिएको छ । भिर पाखा र बारीको अधिकाशं कृषिमा आधारित निर्वाहमुखि खेतिपाती रहेकोले आय आर्जन धिमा गतिमा छ । कृषिमा व्यवसाय करणको अभाव र प्रविधिक ज्ञानको कमीले उत्पादन विशेषमा जोड दिन सकिएको देखीदैन् । उद्योग, व्यापार र अन्य पेशामा लाग्ने मानिसहरुको संख्या उल्लेखनिय भए पनि अधिकाशं शिक्षक पेशामा आवद्ध रहेका छन् । विद्युतिकरण सुस्तरी आफ्नो गति पकड्दै छ भने उपस्वास्थ्य चौकीले बिरामीको चाप धान्न नसकेको अवस्था भएपनि सामान्य सेवा प्रदान गरिरहेको छ ।
उद्योगधन्दा कलकारखानाको विकास छैन, रोजगारीको लागि र जिवन धान्न शहर पस्नु पर्ने र खाडी राष्ट्र धाउनु पर्ने पिडाले युवायुवतीहरु छट्पटाई रहेका छन् । पढ्नु पर्छ मात्रै भन्ने तर पढाई विचैमा छोड्न र छाड्न लगाउने, सानै उमेरमा विवाह गरेर जाने परम्परा अझै कायम देखिछन् । माथिल्लो कक्षा–९–१२ मा पुगेको विद्यार्थीहरु भविष्य प्रति आशावादी बन्न नसकेको हो वा गरीबीले हो पढाइलाई बिचैमा छाड्ने मचयउयगत डरलाग्दो देखीन्छ विद्यालय आधारभूत र मा.वि.हरु ठाउँ–ठाउँमा खुलिसक्दा पनि पढ्न नजानेहरु पनी भेटीनु दुःखद कूरा भएको छ । शिक्षाको उज्यालो घामबाट बञ्चित नगराउन सबैलाई गुणस्तरीय शिक्षा आजको चुनौत बनेको छ ।
No comments:
Post a Comment